फुटबल

पीएसजीले भन्यो- नेयमार टिममा आवश्यक छैन

नेयमार र पीएसजीबीच २०२५ सम्म सम्झौता छ

इकागज |
असार १५, २०७९ बुधवार १२:४५ बजे

काठमाडौँ – फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) ले आगामी सिजनका लागि नेयमार क्लबका लागि आवश्यक नरहेको जनाएको छ । विभिन्न रिपोर्टलाई उदृत गर्दै डेलीमेलले जनाए अनुसार पीएसजीले सन् २०२२-२३ को सिजनका लागि नेयमार आवश्यक नरहेको नेयमारलाई जानकारी गराएको हो । 

ब्राजिलियन फुटबल स्टार नेयमार सन् २०१७ मा २ सय मिलियन पाउण्डमा पीएसजी गएका थिए । पीएसजीका अध्यक्ष नासेर अल-खेलाइफीले टिममा व्यापक परिवर्तन गर्ने बताउनुका साथै नेयमारसँग उनी क्लबका लागि आवश्यक नभएको बारे छलफल गरेको बताइएको छ ।


तर, नेयमार र पीएसजीबीच २०२५ सम्म सम्झौता भएको छ ।


Author

थप समाचार
x