फुटबल

एन्फा नवनियुक्त कार्यसमितिलाई प्रधानमन्त्री देउवाको बधाइ

इकागज |
असार १५, २०७९ बुधबार १३:१३ बजे

काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवाले अखिल नेपाल फुटबल संघ (एन्फा) का नवनियुक्त कार्यसमिति सदस्यलाई बधाइ दिएका छन् । बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा एक कार्यक्रमबीच प्रधानमन्त्री देउवाले एन्फाका नवनियुक्त कार्यसमिति सदस्यलाई बधाइ दिएका हुन् । 

उनले फुटबल खेलको विकासका लागि सरकारले एन्फालाई सदैव सहयोग गर्न तथा सहकार्यका लागि तयार रहेको बताए ।


एन्फाको २१ औँ साधारणसभाबाट पञ्कज विक्रम नेम्वाङ अध्यक्ष पदमा निर्वाचित भएका थिए । त्यसैगरी, विरबहादुर खड्का वरिष्ठ उपाध्यक्ष तथा दावा लामा, विराट जंग शाही दिपक खतिवडा र दिर्घबहादुर केसी उपाध्यक्षमा निर्वाचित भए ।

सरला श्रेष्ठ, पेमा लामा, मनिस जोशी, अनिल मल्ल, रविन्द्र चन्द, विकास नारायण श्रेष्ठ, भोजराज शाही, महेन्द्र क्षेत्री, पुरुषोत्तम थापा, रमेश व्यन्जनकार, मनिराज विष्ट, टिका राम लामा र भरत थापा सदस्यमा निर्वाचित भए ।


Author

थप समाचार
x