फुटबल

एन्फा कार्यसमितिसँग पूर्व प्रधानमन्त्री प्रचण्डकाे भेटघाट

इकागज |
असार १५, २०७९ बुधबार १६:२ बजे

काठमाडौँ –अखिल नेपाल फुटबल संघ (एन्फा) का नवनियुक्त कार्यसमिति सदस्यहरुले पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटवार्ता गरेका छन् । खुमलटारस्थित प्रचण्डकाे निवासमा पुगेर एन्फाका नवनियुक्त कार्यसमिति सदस्यले भेटवार्ता गरेका हुन् ।

भेटघाटमा प्रचण्डले नेपालमा फुटबल खेलको विकासका लागि आफूले सहयोग गर्न तयार रहेको वाचा गरे । यसअघि बुधबार नै प्रधानमन्त्री शेरबहादुर देउवासँग पनि उनीहरुकाे भेटवार्ता भएकाे थियाे । 


एन्फाको २१ औँ साधारणसभाबाट पंकज विक्रम नेम्वाङ अध्यक्ष पदमा निर्वाचित भएका थिए । त्यसैगरी, वीर बहादुर खड्का वरिष्ठ उपाध्यक्ष तथा दावा लामा, विराट जंग शाही दिपक खतिवडा र दिर्घ बहादुर केसी उपाध्यक्षमा निर्वाचित भए । 

सरला श्रेष्ठ, पेमा लामा, मनिस जोशी, अनिल मल्ल, रविन्द्र चन्द, विकास नारायण श्रेष्ठ, भोजराज शाही, महेन्द्र क्षेत्री, पुरुषोत्तम थापा, रमेश व्यन्जनकार, मनिराज विष्ट, टिका राम लामा र भरत थापा सदस्यमा निर्वाचित भए । 
 


Author

थप समाचार
x