फुटबल

लुकाकु इन्टर फर्किए

इकागज |
असार १६, २०७९ बिहिवार ८:५ बजे

काठमाडौँ- बेल्जियमका स्ट्राइकर रोमेलु लुकाकु लोनमा इन्टर मिलान फर्किएका छन् ।

गत वर्षको सरुवा बजारमा चेल्सीले लुकाकुलाई  स्टामफोर्ड ब्रिजमा भित्र्याउनका लागि ९७.५ मिलियन  पाउन्ड खर्चिएको थियो । 


केही महिना अघि लुकाकुले आफू स्टामफोर्ड ब्रिजमा सन्तुष्ट नरहेको भन्दै इन्टर फर्कने इच्छा व्यक्त गरेका थिए । 

इन्टरले चेल्सीबाट लुकाकुलाई क्लबमा फर्काउन ६.९ मिलियन पाउन्ड खर्चिएको बताइएको छ । 

लुकाकुको प्रेरणादायी प्रदर्शनमा इन्टरले २०२०-२१ सिजनमा इटालियन सिरी ए को उपाधि जितेको थियो । 

गत सिजन लुकाकुले चेल्सीबाटबाट पहिलो रोजाईमा कम अवसर पाएका थिए । उनले गत सिजन सबै खाले प्रतियोगिता गरि १५ गोल गरेका थिए ।


Author

थप समाचार
x