फुटबल

फिफा प्रतिबन्धबाट पाकिस्तान हट्यो

इकागज |
असार १७, २०७९ शुक्रबार १०:२ बजे

काठमाडौँ- दक्षिण एसियाली मुलुक पाकिस्तान फुटबल फेडेरेसन (पीएफएफ) लाई विश्व फुटबलको सर्वोच्च निकाय फिफाले प्रतिबन्धबाट हटाएको छ ।

फिफाले बिहीबार एक विज्ञप्ति निकाल्दै पाकिस्तान फुटबल फेडेरसनमाथिको प्रतिबन्ध हटाइएको जानकारी गराएको हो ।


तेस्रो पक्षको अनावश्यक हस्तक्षेपसँगै फिफाले  सन् २०२१ को अप्रिलमा पीएफएफलाई  प्रतिबन्ध लगाएको थियो । फिफाले हिजोकै मितिबाट प्रतिबन्ध हटाएको जनाएको छ ।

फिफाले प्रतिबन्धपछि मलिक हारोनको नेतृत्वमा नर्मलाइजेसन कमिटी गठन गरेको छ । यस्तै, फिफाले नर्मलाइजेसन कमिटीलाई काममा बाधा र अवरोध गरिएमा फेरि प्रतिबन्ध गरिने जनाएको छ ।


Author

थप समाचार
x