फुटबल

कतार विश्वकपमा अर्ध-स्वचालित अफसाइड प्रविधिको प्रयोग हुने

इकागज |
असार १७, २०७९ शुक्रवार १७:० बजे

काठमाडौँ – कतारमा यसै वर्ष हुने फिफा विश्वकपमा अर्ध-स्वचालित अफसाइड प्रविधि प्रयोग प्रयोग हुने भएको छ । फिफाले शुक्रबार जनाए अनुसार यसले खेलका दौरान सही तथा छिटो निर्णयहरु लिन मदत गर्ने रोयटर्सले उल्लेख गरेको छ । 

खेलको संचालनमा एउटा असाधारण विकास मान्न सकिने र यस प्रविधिले विवादास्पद अफसाइडका मागहरुलाई समाधान गर्न मदत गर्ने अपेक्षा गरिएको छ ।  


यसका लागि स्टेडियमहरू वरपर रणनीतिक रूपमा क्यामेराहरू तथा म्याच बलमा चिप प्रयोग गरिने फिफाले जनाएको छ ।  फिफाले जनाए अनुसार यस प्रविधिले अफसाइडमा निरन्तर भिडियो सहायक रेफ्री (भार) को निर्णयहरूमा कटौती गर्ने तथा त्यसको जाँच गर्न आवश्यक समय कम गर्ने छ । 

एसएओटी नामक प्रविधिको प्रयोगले भारको निर्णयहरु विश्लेषण गर्दा स्टेडियमको स्क्रिनमा थ्रीडी एनिमेसन देखाउनेछ । फिफा विश्वकप अघि उक्त प्रविधिको अन्य दुई प्रतियोगितामा भइसकेको फिफाले जनाएको छ । 

नोभेम्बर २१ देखि डिसेम्बर १८ सम्म आयोजना हुने कतार विश्वकपको सबै स्टेडियममा उक्त प्रविधिको प्रयोग हुनेछ । 
 


Author

थप समाचार
x