फुटबल

टोटेनहमले भित्र्यायो ब्राजिलियन फरवार्ड

इकागज |
असार १७, २०७९ शुक्रबार १७:४३ बजे

काठमाडौँ – इंग्लिस प्रिमियर लिग क्लब टोटेनहमले ब्राजिलियन फरवार्ड रिचार्लीसनलाई भित्र्याएको छ । टोटेनहमले एभर्टनबाट रिचार्लीसनलाई भित्र्याएको क्लबले जनाएको छ ।

२५ वर्षीय रिचार्लीसनले बिहीबार ब्राजिलमै स्वास्थ्य परिक्षण गरेका थिए । एभर्टनले पनि उनी टोटेनहम जान लागेको पुष्टी गरेको छ । रिचार्लीसन प्रि-सिजनका लागि चाडै टोटेनहममा आउने बताइएको छ । उनले एभर्टनमा चार वर्ष विताउदै १ सय ५२ खेलमा ५३ गोल गरेका थिए । 


रिचार्लीसन सन् २०१८ मा वाटफोर्ड छाड्दै एभर्टनमा आवद्ध भएका थिए । हालसम्म उनले प्रिमियर लिगमा १ सय ७३ खेल खेल्दै ४८ गोल गरेका छन् । 

उनले ब्राजिलका लागि ३६ खेल खेलेका छन् । 
 


Author

थप समाचार
x