फुटबल

अफ्रिका कप एक वर्षलाई सर्‍यो

इकागज |
असार २०, २०७९ सोमबार ९:१३ बजे

काठमाडौँ- आइभोरी कोस्टमा तय भएको अफ्रिका कप अफ नेसन्स एक वर्षलाई सरेको छ । अफ्रिकन फुटबल कन्फेडेरेसन (क्याफ)ले  मौसमलाई मध्यनजर गर्दै प्रतियोगिता सार्न बाध्य भएको जनाएको छ ।

प्रतियोगिता सन् २०२३ को जुन जुलाइमा हुने तय थियो । तर, यो समयमा अत्याधिक मौसम हुने भएसँगै क्याफले सन् २०२४ को जनवरी फेब्रुवरीमा गर्ने जनाएको छ ।


यसै वर्ष भएको अफ्रिका कपको उपाधी इजिप्टलाई हराउँदै सेनेगलले जितेको थियो  ।


Author

थप समाचार
x