फुटबल

युक्रेनी क्लब डोनेस्कले फिफासँग माग्यो ५० मिलियन युरो क्षतिपूर्ति

इकागज |
साउन ८, २०७९ आइतवार १३:३० बजे

काठमाडौँ – युक्रेनी फुटबल क्लब सख्तर डोनेस्कले फिफाबाट ५० मिलियन युरो क्षतिपूर्ति माग गरेको छ । फिफाको अस्थायी स्थानान्तरण नियमका कारण क्लबमाथि परेको क्षतिका लागि फिफाबाट डोनेस्कले ५० मिलियन युरो माग गरेको युरोन्यूजले जनाएको छ ।  

रुसले युक्रेनमाथि जारी सैन्य आक्रमणकाबीच फिफाले युक्रेनका क्लबमा रहेका विदेशी खेलाडी तथा प्रशिक्षकले अस्थायी रुपमा क्लबसँगको सम्झौता रद्द गर्दै अन्य क्लबमा जान पाउने व्यवस्था गरेको थियो । 


तर युक्रेनी क्लबले उक्त निर्णयविरुद्ध कोर्ट अफ आर्विट्रेसन फर स्पोर्टसमा अपिल गरेको छ । फेब्रुअरी २४ मा रुसले युक्रेनमाथि आक्रमण गरेयता युक्रेनमा व्यावसायीक फुटबल खेल हुन सकेको छैन ।

लिग स्थगित भएपछि डोनेस्कले आफ्ना १४ विदेशी खेलाडीलाई बेच्ने योजना बनाएको थियो । तर फिफाले जुन २१ मा निर्णय अनुसार २०२३ को जुनसम्म खेलाडीहरु अन्य क्लबमा जान स्वतन्त्र हुनेछन् ।

तर फिफाको निर्णयका कारण डोनेस्कले आफ्ना चार खेलाडीलाई ट्रान्सफर गरेर कमाउने ५० मिलियन युरो गुमाउन पुगेको क्लबले जनाएको छ । 
 


Author

थप समाचार
x