फुटबल

नेपालको महिलातर्फको फिफा वरीयता खस्कियो

इकागज |
साउन २०, २०७९ शुक्रवार १४:३८ बजे

काठमाडौँ – महिलातर्फको फिफाको वरीयतामा नेपाल एक स्थान तल झरेको छ । फिफाले शुक्रबार सार्वजनिक गरेको नयाँ वरीयता अनुसार नेपाल एक स्थान तल झरेको हो ।

नयाँ वरीयता अनुसार नेपाल १ सय २ औँ स्थानमा रहेको छ । यसअघि जुन १७ मा सार्वजनिक भएको वरीयतामा नेपाल १ सय १ औँ स्थानमा रहेको छ । एएफसीतर्फ भने नेपाल २१ औँ स्थानमा रहेको छ । फिफा वरीयतामा ५८ औँ स्थानमा रहेको भारत भने दक्षिण एसियाली वरीयतामा नेपाल भन्दा माथि रहेको छ । भारत एएफसीमा भने १२ औँ स्थानमा रहेको छ ।


अन्य दक्षिण एसियाली राष्ट्रहरु बंगलादेश फिफा वरीयता अन्तर्गत १ सय ४७ औँ, श्रीलंका १ सय ५३ औँ, माल्दिभ्स १ सय ५६ औँ तथा भुटान १ सय ७६ औँ स्थानमा रहेका छन् ।


Author

थप समाचार
x