फुटबल

सावित्रा भारत प्रस्थान

इकागज |
साउन २१, २०७९ शनिवार १३:४० बजे

काठमाडौँ- नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी स्ट्राइकर सावित्रा भण्डारी शनिबार भारत प्रस्थान गरेकी छन् । भारतीय आइ लिग क्लब गोकुलम केरलाबाट एएफसी वुमन्स क्लब च्याम्पियनसीप खेल्न भण्डारी भारत प्रस्थान गरेकी छन् ।

भण्डारीले उज्वेकिस्तानमा अगस्ट २० देखि २६ सम्म हुने पश्चिम क्षेत्रको समूह चरणमा केरलाबाट खेल्नेछिन् । भण्डारीलाई यस सिजनका लागि केरलाले अनुबन्ध गरेको हो । 


च्याम्पियनसीप खेलेर भण्डारी साफ महिला च्याम्पियनसीप खेल्ने पुनः नेपाल फर्किने छिन् । उनले केरलाबाट स्टेट लिग र आई लिग समेत खेल्नेछिन् ।
 


Author

थप समाचार
x