फुटबल

समिर भारतीय एकेडेमीको मुख्य प्रशिक्षकमा नियुक्त

इकागज |
साउन २२, २०७९ आइतवार १६:२१ बजे

काठमाडौँ– ब्रिगेड ब्वाइज फुटबल क्लबका पूर्व सहायक प्रशिक्षक समिर विष्ट भारतको केरलामा रहेको अल्टिअस इन्टरनेसनल फुटबल एकेडेमी (आईईएफए) को मुख्य प्रशिक्षकमा नियुक्त भएका छन् ।

समिरले शनिबार आईईएफएसँगको एक वर्षै सम्झौतामा हस्ताक्षर गरेका हुन् । नेपाली राष्ट्रिय फुटबल टिमका पूर्व कप्तान अनिल गुरुङको सिफारिसमा समिरलाई आईईएफएले मुख्य प्रशिक्षक नियुक्त गरेको हो ।


ब्रिगेड ब्वाइजका कप्तान अनिलले समिरको नियुक्तिलाई लिएर सामाजिक सञ्जाल फेसबुकमा खुसी व्यक्त गरेका छन् ।


Author

थप समाचार
x