फुटबल

ब्राइटनसँग हार्‍यो म्यानचेस्टर युनाइटेड

इकागज |
साउन २३, २०७९ ६:३० बजे

काठमाडौँ- ब्राइटनसँग २-१ को हारसँगै म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिग २०२२/२३ को सुरुवात गरेको छ । आइतबार राति प्रशिक्षक एरिक टेन हाङको नेतृत्वमा  युनाइटेड घरेलु मैदान ओल्ड ट्राफोर्डमै स्तब्ध बन्यो । 

युनाइटेडबाट स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोले दोस्रो हाफमा मात्र मैदान प्रवेश गरेका थिए । पास्कल ग्रोसले ३०औं मिनेटमा गरेको गोलबाट युनाइटेडले पहिलो अग्रता लिएको थियो । त्यसको ९ मिनेटपछि नै ब्राइटनले अग्रता दोब्बर पार्यो । ३९औं मिनेटमा पास्कलले नै दोस्रो गोल गरे ।


युनाइटेडले एक गोल पनि आत्मघाती उपहार पाएको थियो । खेलको ६८औं मिनेटमा ब्राइटनका एलेक्स म्याक एलिस्टरबाट आत्मघाती गोल भएको थियो ।


Author

थप समाचार
ad
x