फुटबल

बार्सिलोनालाई जोन गाम्परको उपाधि

इकागज |
साउन २३, २०७९ सोमबार ७:२६ बजे

काठमाडौँ- मेक्सिकन क्लब पुमास यूएनएएमलाई ६-० ले पराजित गर्दै स्पेनिस क्लब बार्सिलोनाले जोन गाम्परको उपाधि जितेको छ । 

आइतबार राति घरेलु मैदान नोउ क्याम्पमा बार्सिलोनालाई जित दिलाउन पेड्रीले दुई गोल गरे । यस्तै, रोबर्ट लेवान्डोस्की, औसमाने डेम्बेले, पिएरे औबामेयाङ र फ्रान्की डी योङले एक एक गोल गरे ।


बार्सिलोनाले पहिलो २० मिनेटमै चार गोल गरेको थियो । यसै खेलबाट बार्सिलोनाले आफ्ना रक्षक ड्यानी अल्भेसलाई बिदाइ गरेको छ  । 

बार्सिलोनाले अर्को शनिबार रायो भालेकानोसंग खेल्दै ला लिगा सिजन २०२२/२३ सुरुवात गर्नेछ । 


Author

थप समाचार
x