फुटबल

मिडफिल्डर दिपा फुटबल खेल्न भारत जाँदै

इकागज |
साउन २५, २०७९ बुधबार १३:२१ बजे

काठमाडौँ- नेपाली राष्ट्रिय महिला फुटबल टिमकी मिडफिल्डर दीपा न्यौपाने भारतीय क्लब डन बस्को फुटबल एकेडेमीबाट खेल्ने भएकी छन् ।  घरेलु फुटबलमा नेपाल पुलिस क्लबबाट खेल्ने दीपाले डन बस्कोबाट भारतीय महिला लिगको छनोट प्रतियोगिता खेल्ने भएका हुन् । 

उनले डन बस्कोबाट केरेला प्रिमियर लिगमा खेल्नेछिन् । महिला लिगका लागि विजेता टिम मात्र छनोट हुनेछ । 


केरेला प्रिमियर लिग बुधबारबाट सुरु हुदैछ भने डन बस्कोले आफ्नो पहिलो खेल बिहीबार लर्ड्स पीआरविरुद्ध खेल्नेछ । दिपा बुधबार नै भारत प्रस्थान गर्दैछिन् ।
 


Author

थप समाचार
x