फुटबल

ए डिभिजन फुटबल लिग पुष ८ बाट

इकागज |
साउन २६, २०७९ बिहिवार १६:४६ बजे

काठमाडौँ- सहिद स्मारक ‘ए’ डिभिजन फुटबल लिग पुष ८ गतेदेखि हुने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) को कार्यसमिति बैठकले यस सिजनको ‘ए’ डिभिजन पुष ८ देखि चैत ४ गतेसम्म आयोजना गर्ने निर्णय गरेको हो । 

एन्फा कार्यसमिति बैठक आज बसिरहेको छ । बैठकले नेपाल सुपर लिग (एनएसएल) को दोस्रो संस्करण असोज २३ देखि मंसिर २ गतेसम्म आयोजना गर्ने निर्णय समेत गरेको छ ।



Author

थप समाचार
x