फुटबल

ला लिगा : उद्घाटन खेलमा ओसासुनासँग सेभिया पराजित

इकागज |
साउन २८, २०७९ शनिवार ६:५० बजे

काठमाडौँ- स्पेनिस ला लिगा फुटबल २०२२/२३ को उद्घाटन खेलमा बलियो मानिएको सेभिया ओसासुनासँग २-१ अन्तरले पराजित भएको छ । घरेलु टोली ओसासुनाको जितमा इजिक्वेल एभिला र एइमज ओरोजले समान एक एक गोल गरे । सेभियाका राफा मिरले सान्त्वना गोल  फर्काए ।

जितसँगै ओसासुनाले महत्त्वपूर्ण तीन अंक जोडेको छ । यता, हारसंगै सेभियाको उपाधी यात्रामा धक्का लागेको छ ।



Author

थप समाचार
x