फुटबल

‘म्यानचेस्टर युनाइटेडलाई क्षमतावान खेलाडी चाहिन्छ’

इकागज |
साउन २९, २०७९ आइतबार १०:२१ बजे

काठमाडौँ- इंग्लिस फुटबल क्लब म्यानचेस्टर युनाइटेडका मुख्य प्रशिक्षक एरिक टेन हागले क्लबलाई क्षमतावान खेलाडीको आवश्यकता रहेको बताएका छन् । 

इंग्लिस प्रिमियर लिग अन्तर्गत लगातार दुई खेलमा पराजित भएपछि प्रशिक्षक हागले क्लबलाई क्षमतावान खेलाडीको आवश्यकता रहेको बताएको बीबीसीले जनाएको छ । शनिबार राति नै भएको दोस्रो खेलमा युनाइटेडले ब्रेन्टफोर्डविरुद्ध ४-० को पराजत भोगेको थियो । 


गत मे महिनामा युनाइटेडको मुख्य प्रशिक्षक बनेका नेदरल्यान्ड्सका हागले क्षमतावान खेलाडी भित्र्याउने प्रकृया भने सहज नभएको बताए । उनले ब्रेन्टफोर्डविरुद्ध गरेको प्रदर्शन भन्दा क्लबले उत्कृष्ट प्रदर्शन गर्न आवश्यक रहेको समेत जनाए । 

‘हामीलाई नयाँ खेलाडीको आवश्यकता छ । हामीलाई क्षमतावान खेलाडी चाहिन्छ । हामी त्यसका लागि काम गरिरहेका छौ र नयाँ खेलाडी ल्याउन उनीहरुसँग गहन छलफल गरिरहेका छौ,’ हागले भने । 

गत सिजनमा खराब प्रदर्शन गरेपछि नै युनाइटेडले नयाँ खेलाडी भित्र्याउने प्रयास गरिरहेको छ । हागले स्पेनिस क्लब बार्सिलोनाका मिडफिल्डर फ्रेङ्की डी जोङ भित्र्याउने प्रयास गरेपनि २५ वर्षीय जोङले भने बार्सीलोना छाडे चेल्सी जाने संकेत गरेका छन् ।
 


Author

थप समाचार
x