फुटबल

साफ यू-१७: नेपालको पहिलो खेल भुटानसँग

इकागज |
साउन २९, २०७९ आइतबार १४:३४ बजे

फाइल तस्बिर

काठमाडौँ- साफ यू-१७ च्याम्पियनसिपको पहिलो खेलमा नेपालले भुटानको सामना गर्ने भएको छ । च्याम्पियनसिप श्रीलंकाको रेस कोर्स इन्टरनेसनल स्टेडियममा सेप्टेम्बर ५ देखि १४ तारिखसम्म आयोजना हुँदैछ ।

नेपालले च्याम्पियनसिपको पहिलो खेल भुटानविरुद्ध सेप्टेम्बर ७ मा खेल्नेछ । समूह ‘बी’ मा रहेको नेपालले दोस्रो तथा अन्तिम खेल भारतविरुद्ध सेप्टेम्बर ९ मा खेल्ने साफले सार्वजनिक गरेको तालिकामा उल्लेख छ ।


यस समूहमा नेपाल, भारत र भुटान रहेका छन् । समूह ‘ए’ मा भने श्रीलंका, बंगलादेश र माल्दिभ्स रहेका छन् ।

च्याम्पियनसिपको उद्घाटन खेल सेप्टेम्बर ५ मा भुटान र भारतबीच हुनेछ । समूह चरणको खेलपछि दुबै समूहबाट विजेता र उपविजेता टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् । च्याम्पियनसिपको फाइनल सेप्टेम्बर १४ मा हुनेछ ।


Author

थप समाचार
x