फुटबल

यस वर्षको दिनेश स्मृति फुटबल प्रतियोगिताको उपाधि खुमलटारलाई

इकागज |
साउन २९, २०७९ आइतबार १५:५४ बजे

काठमाडौंँ  – नमुना स्पोर्ट्स क्लबको आयोजनमा भएको ​ १९ औं संस्करणको दिनेश स्मृति गाइजात्रा कप फुटबल प्रतियोगिताको उपाधि खुमलटारले जितेको छ । प्रत्येक वर्ष गाइजात्राको अवसरका गरिदै आएको यस प्रतियोगिताको यस वर्षको उपाधि खुमलटार हाइटले जितेको हो। 

यस्तै क्वाटरफाइनल र सेमिफाइनलमा पुगेर पराजित हुने ६ टोलीबीच भएको पेनाल्टी सुटआउटतर्फको उपाधि नव समकालीन समाजले जितेको छ । उसले फाइनलमा लाकुर फुटसललाई हराएको हो ।


गोदावारी बसपार्कस्थित सेन्ट जेभियर्स फुटबल मैदानमा शनिबार भएको फाइनलमा गोदावारी युनाइटेड एफसीलाई २–० ले पराजित गर्दै खुमलटारले उपाधि आफ्नो पोल्टामा पारेको थियो ।

उपाधिसँगै खुमलटारले ३० हजार रुपैयाँ हात पारेको छ । दोस्रो भएको गोदावरी युनाटेडले १५ हजार रुपैयाँ हात पारेको छ । पेनाल्टीतर्फको विजेता नव समकालीन समाजले १० हजार रुपैयाँ प्राप्त गरेको छ । नव समकालीनका दिपेन राई उत्कृष्ट गोलरक्षक तथा विजयी टोली खुमलटारका सुवास तामाङ उत्कृष्ट गोलरक्षक रहे।

विजयी टोली तथा खेलाडीलाई गोदावरी नगरपालिकाका उपमेयर मुना अधिकारी, गोदावरी नगरपालिका वडा नम्वर ३ का अध्यक्ष सानुराज घिमिरे, पुर्व रेफ्री सुदन सिलवाल, सनराइज बैंक टौखेल शाखाको शाखा प्रमुख कृपा महर्जन तथा आयोजक नमुना स्पोर्टस क्लबका अध्यक्ष डम्वर बहादुर स्याङ्तानले पुरस्कार प्रदान गरेका थिए।  नकआउटका आधारमा दुई दिन भएको प्रतियोगितामा १६ टोलीको सहभागिता रहेको थियो । नमुना स्पोर्ट्स क्लबले प्रत्येक वर्ष गाइजात्राको दिन फुटबल प्रतियोगिता आयोजना गर्दै आएको छ ।


Author

थप समाचार
x