फुटबल

भारतमाथि फिफाको प्रतिबन्धः नेपालकी सावित्राले एएफसी च्याम्पियनसीप खेल्न नपाउने

इकागज |
साउन ३१, २०७९ मगलवार १०:४२ बजे

काठमाडौँ- विश्व फुटबलको सर्वोच्च निकाय फिफाले अल इन्डिया फुटबल फेडेरेसन (एआईएफएफ)लाई प्रतिवन्ध लगाएपछि भारत तथा भारतीय क्लबहरूले कुनै पनि प्रतियोगिता खेल्न तथा आयोजना गर्न नपाउने भएको छ । 

फिफाको प्रतिबन्धसँगै एएफसी महिला क्लब च्याम्पियनसीप खेल्न उजबेकिस्तान पुगेको भारतीय क्लब गोकुलम केरलाले च्याम्पियनसीप गुमाउने भएको छ । 


भारतीय क्लब गोकुलम केरलाबाट खेल्नका लागि नेपाली राष्ट्रिय महिला फुटबल टिमकी स्ट्राइकर सावित्रा भण्डारी पनि उजबेकिस्तान पुगेकी छन् । तर प्रतिबन्धसँगै गोकुलम केरलाले च्याम्पियनसीप गुमाउँदा सावित्रा पनि फर्किनुपर्ने हुन्छ ।

च्याम्पियनसीपअन्तर्गत वेस्ट रिजनतर्फको खेलहरु उजबेकिस्तानको मारकाजिया स्टेडियममा अगस्ट २० तारिखबाट सुरु तालिका रहेको थियो । वेस्ट रिजनतर्फ इरानको बाम खातुन एफसी, उजबेकिस्तानको सोगडियाना तथा भारतको गोकुलम केरलाको सहभागिता रहेको थियो ।
 


Author

थप समाचार
x