फुटबल

के कतार विश्वकपमा अहिलेसम्मकै बढी पेनाल्टी हुन सक्ला ?

इकागज |
भदौ ३, २०७९ शुक्रबार २०:२५ बजे

फाइल तस्बिर

काठमाडौँ- युरोन्यूजका अनुसार फुटबल सम्बन्धी नियम-कानुन बनाउने इन्टरनेसनल फुटबल एसोसिएसन बोर्डले सन् १८९१ मा पेनाल्टीको अवधारणा ल्यायो । कुनै पनि खेलाडीले जानीजानी वा उद्देश्य पूर्वक नै आफ्नो गोल लाइनको १२ यार्डभित्र विपक्षी खेलाडीलाई लडाउने, बललाई समात्‍ने वा छोइएमा पेनाल्टी दिइने कानुन रहेको छ । 

फुटबल विश्वकपमा पेनाल्टीबाट गोल गर्ने खेलाडीको नाम दशकौंसम्म नचले पनि वर्षौसम्म भने पक्कै चर्चाको विषय बन्छ । हालसम्म विश्वकपमा जर्मनीले पेनाल्टी किकबाट १८ मध्ये १७ गोल गरेको छ, जुन अरु देशभन्दा बढी हो । जर्मनीले विश्वकपमा अहिलेसम्म कुनै पनि पेनाल्टी सुट आउटमा पराजित भएको छैन । 


विश्वकपमा अमेरिकाका लागि सर्वाधिक गोल गरेका लान्डन डोनोभानका अनुसार विश्वकपमा पेनाल्टी प्रहार गर्नु निकै नै तनावपूर्ण कार्य भएको र पेनाल्टीबाट गोल गर्दा राहत मिल्छ । 

कतारमा यसै वर्षको नोभेम्बर २० देखि डिसेम्बर १८ तारिखसम्म हुने फिफा विश्वकपमा भिडियो असिस्टेन्ट रेफ्री (भीएआर) को प्रयोग हुने भएको छ । 

भिएआरले पेनाल्टी क्षेत्रमा चुकाइएको हुनसक्ने फाउलहरू पत्ता लगाएर पिचमा रहेका रेफ्रीहरूलाई सहयोग गर्नेछ । भिएआरले धेरैभन्दा धेरै स्क्रिनहरू मार्फत खेल हेर्न तथा स्लो-मोसनमा पुनः हेरी पिचमा रहेका रेफ्रीलाई सल्लाह दिने काम गर्छ । 

पूर्व फिफा रेफ्री किथ हाकेटको अनुमानमा कतार विश्वकपमा अहिलेसम्मकै धेरै पेनाल्टी दिइनेछ । भिएआर संचालकहरूलाई फिफाले विशेष तालिम प्रदान गर्ने छ । जसका कारण विगतमा नदिइएका पेनाल्टीहरू यस पटकको विश्वकपमा दिइन सक्ने हाकेटले दाबी गरे । 
 


Author

थप समाचार
x