फुटबल

म्यानचेस्टर युनाइटेडले रियलका कासेमिरोलाई भित्र्याउँदै

इकागज |
भदौ ४, २०७९ शनिबार ११:५१ बजे

काठमाडौँ- इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडले स्पेनिस क्लब रियल मड्रिडका मिडफिल्डर कासेमिरोलाई भित्र्याउने भएको छ । युनाइटेडले ब्राजिलियन मिडफिल्डर कासेमिरोलाई ७० मिलियन पाउन्डमा भित्र्याउने सम्झौता गर्ने बीबीसीले जनाएको छ ।

युनाइटेडले कासेमिरोसँग चार वर्षका लागि सम्झौता गर्न लागेको तथा त्यसमा एक वर्ष थप गर्न सकिने सहमति समेत भएको छ । सन २०१३ देखि मड्रिडमा रहेका कासेमिरोले क्लबलाई तीन पटक ला लिगा तथा पाँच पटक च्याम्पियन्स लिगको उपाधि दिलाउन महत्वपूर्ण भूमिका खेलका छन् ।


नयाँ सिजनको इंग्लिस प्रिमियर लिगमा लगातार दुई खेलमा पराजय भोगेपछि युनाइटेड लिग तालिकाको पुछारमा रहेको छ र उसले तेस्रो खेलमा सोमबार लिभरपुलको सामना गर्नेछ ।

सम्झौता पूरा भए कासेमिरो युनाइटेडका सर्वाधिक कमाउने खेलाडीमध्ये पर्नेछ । युनाइटेडले कासेमिरोलाई यस सिजनको चौथों खेलाडीको रुपमा भित्र्याउनेछ । यस अघि उसले मिडफिल्डर क्रिस्टियन एरिक्सन, फुलब्याक टायरेल तथा डिफेन्डर लिजान्द्रो मार्टिनेजलाई भित्र्याएको थियो ।

कासेमिरोले मड्रिडका लागि २ सय २२ खेल खेल्दै २४ गोल गरेका छन् ।


Author

थप समाचार
x