फुटबल

महिला साफ चयाम्पियनसीप फुटबल प्रतियोगिता

श्रीलङ्काकाे पाेष्टमा नेपालकाे आधा दर्जन गाेल, नेपाल सेमिफाइनलमा प्रवेश

इकागज |
भदौ २७, २०७९ सोमबार १९:३१ बजे

काठमाडौँ-  नेपालले छैटौं संस्करणको महिला साफ च्याम्पियनसिप फुटबलको सेमिफाइनलमा स्थान बनाएको छ  ।

सोमबार भएको समूह चरणको अन्तिम खेलमा श्रीलंकालाई ६–० गोलको फराकिलो जित निकाल्दै नेपालले अन्तिम चारको यात्रा तय गरेको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नेपाललाई जित दिलाउन अमिषा कार्कीले दुई गोल गरिन् । कुमारी घिसिङ, सरु लिम्बु, अमृता जैशी र दिपा शाहीले एक एक गोल गरिन् ।


खेलको नवौं मिनेटमा रश्मीले गोल गर्दै नेपाललाई सुरुआती अग्रता दिलाएकी थिइन् । खेलको ११ औं मिनेटमा सरुले गोल गर्दै नेपाललाई २–० को अग्रता दिलाईन् । खेलको १७ औं मिनेटमा अमृताले गोल गर्दा नेपाल ३–० ले अघि रह्यो । पहिलो हाफको इन्जुरी समयमा दिपाले गोल गरेपछि नेपालले पहिलो हाफमा ४–० को अग्रता बनायो ।

त्यस्तै खेलको ७६ औं मिनेटमा अमिषाले गोल गर्दै नेपाललाई ५–० को अग्रता दिलाईन् । त्यसपछि खेलको इन्जुरी समयमा अमिषाले व्यक्तिगत दोस्रो गोल गर्दै नेपाललाई ६–० को जित दिलाईन् । यस जितसँगै नेपाल समूह विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको छ ।

समूह ’बी’ को नेपालले २ खेलमा ६ अंक जोड्यो । समूह ’ए’ बाट भारत र बंगलादेशले अन्तिम चारमा स्थान पक्का गरिसकेको छ । प्रतियोगितामा आयोजक नेपाल, भारत, श्रीलंका, भुटान, बंगलादेश, पाकिस्तान र माल्दिभ्सको सहभागिता रहेको छ ।


Author

थप समाचार
x