फुटबल

फुलह्याम र एस्टन भिल्लाको जित

इकागज |
असोज १, २०७९ शनिबार ९:३४ बजे

काठमाडौँ- इंग्लिस प्रिमियर लिग अन्तर्गत फुलह्याम र एस्टन भिल्लाले जित हात पारेका छन् । शुक्रबार राति भएको खेलमा फुलह्यामले नटिङ्घम फरेष्टलाई ३-२ गोल अन्तरले पराजित गर्‍यो ।

फुलह्यामको जितमा टोसिन आडारोवियो, जोअवो पाल्हिन्हा र ह्यारिसन रिडले एक-एक गोल गरे । फरेस्टका लागि टाइवो अवोनिया र लेविस ओ’ब्रायनले एक-एक गोल गरे ।


टाइवो अवोनियाले ११ औँ मिनेटमा गोल गर्दै फरेस्टलाई अग्रता दिलाएका थिए । तर फुलह्यामका टोसिन आडारोवियोले ५४ औँ मिनेटमा गोल गर्दै खेललाई बराबरीमा ल्याए ।

जोअवो पाल्हिन्हाले ५७ औँ मिनेटमा गोल गर्दै फुलह्यामलाई २-१ को अग्रता दिलाए । ह्यारिसन रिडले ६० औँ मिनेटमा फुलह्यामका लागि अर्को गोल थपे ।

फरेस्टका लागि लेविस ओ’ब्रायनले ७७ औँ मिनेटमा एक गोल थपेपनि पराजयबाट जोगाउन सकेनन् ।

यता जाकोब राम्सेको एकमात्र गोलमा एस्टन भिल्लाले साउथ्याम्पटनलाई १-० ले पराजित गर्‍यो ।


Author

थप समाचार
x