फुटबल

कोभिडका कारण चाइनिज सुपर लिगका खेलहरु स्थगित

इकागज |
असोज १, २०७९ शनिबार १५:४६ बजे

काठमाडौँ- चाइनिज सुपर लिग फुटबलको दुई चरणको खेलहरु स्थगित गरिएका छन् । कोभिड-१९ सँग जुध्न लिगको दुई चरणको खेलहरु सेप्टेम्बर अन्त्यसम्मका लागि स्थगित गरिएको रोयटर्सले जनाएको छ ।

आइतबार र सोमबारका लागि तय भएको १७ औँ चरणका खेलहरु सेप्टेम्बर २४ र २५ तथा सेप्टेम्बर २३ र २४ का लागि तय भएको १८ औँ चरणका खेलहरु सेप्टेम्बर २९ र ३० तारिखमा खेलाइने भएको छ ।


१९ औँ र २० औँ चरणका खेलहरु भने अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएका छन् । अगस्ट ५ मा लिग पुनः सुरु भएयता १५ खेलहरु स्थगित वा ती खेलका तालिका परिवर्तन भएका छन् ।


Author

थप समाचार
x