फुटबल

सिटी शीर्ष स्थानमा, टोटेनहमको पनि जित

इकागज |
असोज २, २०७९ आइतबार ७:५९ बजे

काठमाडौँ- इंग्लिस प्रिमियर लिग अन्तर्गत म्यानचेस्टर सिटी र टोटेनहमले शानदार जित हात पारेका छन् । शनिबार राति सिटीले १० खेलाडीमा सिमित भएको उल्भ्सलाई ३-० गोल अन्तरले पराजित गरेको हो ।

डिफेन्डिङ च्याम्पियन सिटीलाई जित दिलाउन ज्याक ग्रेलिस, अर्लिङ हालान्ड र फिल फोडेनले एक-एक गोल गरे । जितसँगै ७ खेलबाट १७ अंक जोडेको सिटी शीर्ष स्थानमा उक्लिएको छ ।


यता टोटेनहमले लेस्टरलाई ६-२ गोल अन्तरले पराजित गरेको हो । टोटेनहमको जितमा सन हेउग-मिनले ह्याट्रिक पुरा गर्दा केन, डायर र बेन्टानकरले एक-एक गोल गरे । यता लेस्टरका लागि टिलेमान्स र म्याडिसनले एक-एक गोल गरे । टोटेनहमले ७ खेलबाट १७ अंक जोडेपनि गोल अन्तरका आधारमा उ दोस्रो स्थानमा छ ।


Author

थप समाचार
x