फुटबल

यू-२० एसियन कप छनोटः नेपाल र बंगलादेश भिड्दै

इकागज |
असोज २, २०७९ आइतवार ९:४४ बजे

काठमाडौँ- बहराइनमा जारी एएफसी यू-२० एसियन कप छनोट अन्तर्गत नेपालले आज अन्तिम खेल खेल्दैछ । समूह ‘बी’ मा रहेको नेपालले अन्तिम खेलमा बंगलादेशको सामना गर्नेछ ।

नेपाल र बंगलादेशबीचको खेल बहराइनस्थित शेख अली बिन मोहम्मद अल खलिफा स्टेडियममा नेपाली समय अनुसार ८:४५ बजेबाट सुरु हुनेछ ।


अघिल्ला तीन खेलमा पराजय भोगिसकेका कारण नेपाल सन् २०२३ मा हुने एएफसी यू-२० एसियन कपबाट बाहिरिसकेको छ । त्यसैले आजको खेलमा नेपाल केवल छनोटको यात्रा सुदख रुपमा अन्त्य गर्ने योजना सहित मैदानमा उत्रने छ ।

यसअघि पहिलो खेलमा नेपालले भुटानसँग २-०, दोस्रो खेलमा कतारसँग ३-१ र तेस्रो खेलमा ६-० को पराजय भोगेको थियो ।


Author

थप समाचार
x