फुटबल

नेपालविरुद्ध खेल्नुअघि बंगलादेशले कम्बोडियालाई हरायो

इकागज |
असोज ७, २०७९ शुक्रबार ११:३९ बजे

काठमाडौँ- फिफाको मैत्रीपूर्ण फुटबल खेलमा बंगलादेशले कम्बोडियामाथि जित हात पारेको छ । कम्बोडियाको नोम पेनमा बिहीबार राति भएको खेलमा बंगलादेशले कम्बोडियालाई १-० गोलअन्तरले पराजित गरेको हो ।

बंगलादेशको जितमा मिडफिल्डर राकिव हुसेनले निर्णायक गोल गरे । राकिवले खेलका एकमात्र गोल २३ औँ मिनेटमा गरेका थिए ।


बंगलादेशले अब असोज ११ मा त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नेपालविरुद्ध मैत्रीपूर्ण खेल्ने तालिका रहेको छ ।


Author

थप समाचार
x