फुटबल

विश्वकप जिते जर्मनीका खेलाडीले जनही ४ लाख युरो पाउने

इकागज |
असोज १०, २०७९ सोमबार १२:५१ बजे

काठमाडौँ- कतारमा यसै वर्ष आयोजना हुने फिफा विश्वकपको उपाधि जिते जर्मनी टिमका प्रत्येक खेलाडीले जनही ४ लाख युरो पाउने भएका छन् ।

नोभेम्बर २० देखि डिसेम्बर १८ सम्म कतारमा हुने विश्वकप जिते जर्मनीको फुटबल संघले खेलाडीहरुलाई जनही ४ लाख युरो प्रदान गर्ने घोषणा गरेको रोयटर्सले जनाएको छ ।


यस अघि रुसमा सन् २०१८ मा भएको विश्वकपका लागि खेलाडीका लागि ३ लाख ५० हजार युरो बोनस तोकिएको थियो । तर जर्मनी पहिलो चरणबाटै आउट भएको थियो ।

सन् २०१४ मा ब्राजिलमा भएको विश्वकप जर्मनीले जित्दा खेलाडीहरुले जनही ३ लाख युरो प्राप्त गरेका थिए ।

फुटबल संघका अनुसार पहिलो चरण पार गरे खेलाडीहरुले जनही ५० हजार युरो तथा क्वार्टरफाइनलमा प्रवेश गरे जनही १ लाख युरो पाउनेछन् ।

कतारमा हुने विश्वकपका लागि समूह ‘ई’ मा रहेको जर्मनीले समूह चरणमा जापान, स्पेन र कोस्टारिकाको सामना गर्नेछ ।

संघले सेमिफाइनल प्रवेश गरे १ लाख ५० हजार तथा तेस्रो स्थान हात पारे २ लाख युरो प्रदान गरिने जनाएको छ । त्यसैगरी फाइनलमा पराजित भए खेलाडीहरुले जनही २ लाख ५० हजार युरो पाउनेछन् ।


Author

थप समाचार
x