फुटबल

रासफोर्ड प्लेयर अफ द मन्थ घोषित

इकागज |
असोज १४, २०७९ शुक्रबार १७:४७ बजे

काठमाडौँ- म्यानचेस्टर युनाइटेडका फरवार्ड मार्कस रासफोर्ड सेप्टेम्बर  महिनाका लागि इंग्लिस प्रिमियर लिग प्लेयर अफ द मन्थ घोषित भएका छन् ।

रासफोर्डले सेप्टेम्बरमा युनाइटेडका लागि दुई गोल गरेका थिए । उनले दुबै गोल युनाइटेडले आर्सनलमाथि ३-१ गोल अन्तरको जित हात पार्दा गरेका थिए । उनले अर्को एक गोलका लागि एन्थोनीलाई असिस्ट गरेका थिए ।


रासफोर्डले दोस्रो पटक प्लेयर अफ द मन्थ घोषित भएका हुन् । यसअघि उनले सन् २०१९ को जनवरीमा उक्त अवार्ड पाएका थिए । सेप्टेम्बरमा युनाइटेडले दुई खेल खेलेको थियो ।


Author

थप समाचार
x