फुटबल

कतार विश्वकप : मेस्सीका लागि अन्तिम हुने

इकागज |
असोज २१, २०७९ शुक्रबार ६:५९ बजे

काठमाडौँ- अर्जेन्टिनी फुटबर स्टार लियोनल मेस्सीले यसै वर्ष कतारमा हुने फिफा विश्वकप उनका लागि अन्तिम हुने बताएका छन् । अर्जेन्टिनाका लागि चार विश्वकप खेलिसकेका मेस्सीले कतारमा नोभेम्बर २० देखि डिसेम्बर १८ सम्म आयोजना हुने विश्वकप उनका लागि अन्तिम हुने बताएको बीबीसीले जनाएको छ ।

३५ वर्षीय पेरिस सेन्ट जर्मेनका फरवार्ड मेस्सीले चारवटा विश्वकपमा १९ खेल खेल्दै ६ गोल गरेका छन् । सन् २०१४ को विश्वकपमा अर्जेन्टिना उपविजेता बनेको थियो । मेस्सीले भने हालसम्म देशलाई विश्वकपको उपाधि दिलाउन सकेका छैनन् ।


‘निश्चित रुपमा यो मेरो अन्तिम विश्वकप हो,’ मेस्सीले भने । मेस्सीले अर्जेन्टिनाका लागि स्न २००५ मा डेब्यु गर्दै हालसम्म १ सय ६४ खेलमा ९० गोल गरेका छन् ।

विश्वकप अन्तर्गत समूह ‘सी’ मा रहेको अर्जेन्टिनाले साउदी अरेविया, मेक्सिको र पोल्यान्डको सामना गर्नेछ ।


Author

थप समाचार
x