फुटबल

विश्वकप १९९४: इटालीलाई निराश तुल्याउँदै ब्राजिलले जितेको चौथों विश्वकप

इकागज |
कात्तिक २८, २०७९ सोमबार ११:२१ बजे

काठमाडौँ- सन् १९९४ को फिफा विश्वकप अमेरिकाको विभिन्न ९ सहरमा आयोजना गरियो । आक्रमक खेललाई प्रोत्साहन गर्न फिफाले केही नियममा परिवर्तनहरू गर्‍यो । गोलकिपरलाई ब्याक-पास दिन नपाइने भयो भने लाइन्सम्यानहरूलाई अफसाइड नियममा नरम हुन प्रोत्साहित गरियो । साथै समूह चरणको खेल जित्दा तीन अंक दिइने व्यवस्था गरियो । 

व्यावसायिक लिग नभए पनि अमेरिका नकआउट चरणमा प्रवेश गरेको थियो । तर ब्राजिलसँग १-० ले पराजित हुन पुग्यो । अर्कोतर्फ मोरक्को र बेल्जियमलाई पराजित गरेर साउदी अरेबिया पनि नकआउट सम्म पुग्न सफल भयो । 


तर फिफा प्लेयर अफ द इयर अवार्ड तथा बालोन डी’ओर अवार्ड जितेका रोवर्टो बागियो सहितको इटाली तथा स्टार फरवार्ड रोमारियो तथा बेबेटोसहितको ब्राजिल विश्वकपका मुख्य दावेदार रहेका थिए । जबकी क्वार्टरफाइनलमा जर्मनीले बुल्गेरियासँग पराजित हुन पुग्यो ।

इटाली र ब्राजिल फाइनलमा पुगे तथा फाइनल निकै रोमाञ्चक रह्यो । दुवै टिमले निर्धारित समय तथा अतिरिक्त समयमा गोल गर्न असफल रहे । पेनाल्टी सुटआउटमा भने इटालीका बागियोले गोल गर्न नसकेपछि ब्राजिलले चौथों पटक विश्वकपको उपाधि उचाल्यो । तत्काल चार पटक विश्वकप जित्ने ब्राजिल पहिलो टिम बनेको थियो ।

सोही प्रतियोगिता अर्जेन्टिनी स्टार डियगो म्याराडोनाका लागि अन्तिम विश्वकप रह्यो । उक्त विश्वकपमा रुसका ओलेग सालेन्कोले एकै खेलमा ५ गोल गरे । फिफा विश्वकपको एकै खेलमा ५ गोल गर्ने उनी एक्लो खेलाडी हुन् । 

त्यसैगरी, अमेरिका र स्विट्जल्यान्डबीचको खेल दर्शकबिहिन मैदानमा खेलाइएको थियो र बन्द मैदानभित्र खेल भएको पहिलो विश्वकप समेत थियो । 

अर्कोतर्फ म्याराडोना प्रतिवन्धित औषधी प्रयोग गरेको भेटिएपछि अर्जेन्टिनाले उनलाई टिमबाट निकालेको थियो । त्यसैगरी, आत्मघाती गोलका कारण कोलम्बिया प्रतियोगिताबाट बाहिरिएपछि डिफेन्डर एन्ड्रिस इस्कोबारको हत्या गरिएको थियो । (श्रोतः अलजजिरा)


Author

थप समाचार
x