फुटबल

विश्वकपमा अर्जेन्टिना र साउदी अरेबिया भिड्दा सन् १९९२ को सम्झना

इकागज |
मंसिर ६, २०७९ मंगलबार १०:१९ बजे

काठमाडौँ- कतारमा जारी फिफा विश्वकप फुटबल अन्तर्गत अर्जेन्टिना र साउदी अरेबियाबीच आज खेल हुँदैछ । समूह ‘सी’ मा रहेका अर्जेन्टिना र साउदी अरेबियाबीचको खेल लुसेल स्टेडियममा नेपाली समय अनुसार अपरान्ह ३:४५ बजे सुरु हुनेछ ।

विश्वकपमा अर्जेन्टिना र साउदी अरेबियाले आफ्नो पहिलो खेल खेल्दैछन् । तर २० वर्ष अगाडी सन् १९९२ मा फिफा कन्फेडेरेसन कपको फाइनल खेलको झल्को दिने अनुमान गरिएको छ ।


पछिल्लो २० वर्षदेखि फिफाले फिफा कन्फेडेरेसन कपमार्फत महादेश विजेतालाई एउटै मन्चमा ल्याउने गरेको छ । तर साउदी अरेबियामै सन् १९९२ मा किंग फाहद कप नै अहिलेको फिफा कन्फेडेरेसन कप हो । उक्त प्रतियोगितामा साउदी अरेबियासहित अर्जेन्टिना, काइभरी कोस्ट र अमेरिकाको सहभागिता रहेको थियो ।

अल्फियो बासिलको कप्तानीमा अमेरिकाले सन् १९९१ को कोपा अमेरिकाको उपाध जितेको थियो । जबकी अर्कोतर्फ साउदी अरेबियाले लगातार सन् १९८४ र र १९८८ को एसियन कपको उपाधि जितेको थियो ।

किंग फाहद कप साउदी अरेबियाका लागि सन् १९९२ को एसियन कपको तयारीको रुपमा समेत रहेको थियो ।

अर्जेन्टिनाका २३ वर्षीय बाटिस्टुटाले किंग फाहद इन्टरनेसनल स्टेडियममा आफ्नो गोल गर्ने क्षमता प्रदर्शन गरे । उनले आइभरी कोस्टविरुद्धको पहिलो खेलमै दुई गोल गरे ।

अर्कोतर्फ साउदी अरेबियाले ७० हजार समर्थकमाझ अमेरिकालाई ३-० ले पराजित गर्दा फाहद अल-हारिफी, युसुफ अल-थुनाभान तथा खालेद मसादले एक-एक गोल गरे ।

दुबैले उक्त खेल जित्दै फाइनलमा स्थान बनाए । फाइनलमा भने अर्जेन्टिनाले साउदी अरेबियालाई ३-१ गोलअन्तरले पाखा लगायो । लियो रोड्रिगेज, क्लाउडियो कानिजिया र सिमेओनले अर्जेन्टिनाका लागि एक-एक गोल गर्दा साइद अल-ओवारनले साउदी अरेबियाका लागि एक गोल फर्काए ।


Author

थप समाचार
x