मेक्सिकोविरुद्ध इतिहास दोहोर्याउने लक्ष्यमा पोल्यान्ड
काठमाडौँ- कतारमा जारी फिफा विश्वकप अन्तर्गत आज मेक्सिको र पोल्यान्डबीच खेल हुँदैछ । समूह ‘सी’ अन्तर्गत मेक्सिको र पोल्यान्डबीचको खेल स्टेडियम ९७४ मा नेपाली समय अनुसार राति ९:४५ बजेबाट सुरु हुनेछ ।
जारी विश्वकपमा मेक्सिको र पोल्यान्डले पहिलो खेल खेल्दैछन् । कतार विश्वकपमा मेक्सिकोले प्रि-क्वार्टरफाइनल चरण भन्दा माथि पुग्ने लक्ष्य बोकेको छ । मेक्सिको पछिल्ला ७ विश्वकपमा प्रि-क्वार्टरफाइनल भन्दा माथि पुग्न सकेको छैन ।
यता सन् १९७४ तथा १९८२ मा तेस्रो बनेको पोल्यान्ड पुनः पुरानो लयमा फर्कन चाहन्छ । नवौँ पटक विश्वकप खेल्दै गरेको पोल्यान्ड सन् १९८६ पछि पहिलो पटक नकआउट चरणमा पुग्ने लक्ष्य बोकेको छ ।
मेक्सिको तथा पोल्यान्डले एक-अर्काविरुद्ध हालसम्म ९ पटक खेलेका छन् । जसमध्ये ८ मैत्रीपूर्ण र एक विश्वकपको खेल समावेश छ । सन् १९७८ को विश्वकपमा भने पोल्यान्डले मेक्सिकोलाई ३-१ ले पराजित गरेको थियो ।
तर लगातार ८ औँ पटक विश्वकप खेल्दै गरेको मेक्सिकोले भने पोल्यान्डलाई पराजित गर्दै सुखद सुरुवात गर्न चाहन्छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया