अस्ट्रेलियाविरुद्ध सचेत साविक विजेता फ्रान्स
काठमाडौँ- फिफा विश्वकप फुटबल अन्तर्गत डिफेन्डिङ च्याम्पियन फ्रान्सले पहिलो खेलमा अस्ट्रेलियाविरुद्ध खेल्दैछ । समूह ‘डी’ मा रहेका फ्रान्स र अस्ट्रेलियाबीचको खेल अल जानोब स्टेडियममा राति पौने १ बजेबाट सुरु हुनेछ ।
फिफा वरीयतामा ३८ औँ स्थानमा रहेको अस्ट्रेलियाविरुद्ध फ्रान्सले सहजै जित हात पार्ने देखिन्छ । तर फ्रान्सले भने अस्ट्रेलियालाई कमजोर टोलीको रुपमा भने पक्कै लिने छैन ।
अस्ट्रेलियाको विश्वकपमा अहिलेसम्मकै उत्कृष्ट नतिजा भनेको सन् २००६ मा अन्तिम १६ सम्मको यात्रा तय गर्नु रहेको छ । अस्ट्रेलियाको टिममा नाम नचलेको खेलाडीहरु भएपछि टिमले एक ढिक्का भएर प्रदर्शन गर्ने क्षमता राख्छ ।
फ्रान्सलाई दावेदारको रुपमा लिइएपनि एनगोलो कान्टे, पल पोग्बा र कायलिन एमबाप्पेको अभाव भने खड्किनेछ ।
विगत हेर्दा फ्रान्स र अस्ट्रेलियाले एकअर्काविरुद्ध ५ पटक खेलेका छन् । ५ मध्ये ३ खेल फ्रान्सले जित्दा एक खेलमा अस्ट्रेलिया विजयी भएको छ । एक खेल भने बराबरीमा टुंगिएको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया