फुटबल

अर्जेन्टिनालाई हराएपछि साउदीमा सार्वजनिक बिदा

इकागज |
मंसिर ६, २०७९ मंगलबार २३:५६ बजे

काठमाडौँ- कतारमा जारी फिफा विश्वकप फुटबलमा अर्जेन्टिनालाई पराजित गरेपछि साउदी अरेबियाका राजा सलमानले बुधबार सार्वजनिक बिदाको घोषणा गरेका छन् । ​लुसेल स्टेडियममा मंगलबार भएको खेलमा साउदी अरेबियाले अर्जेन्टिनालाई २-१ गोल अन्तरले हराएको थियो ।

अर्जेन्टिनाविरुद्ध ऐतिहासिक जित निकालेपछि राजा सलमानले बुधबार सार्वजनिक बिदा दिएका हुन् । ​साउदीलाई जित दिलाउन सलेह अल शेहरी र सलिम अल्दावसरीले एक एक गोल गरे ।


अर्जेन्टिनाका लियोनल मेस्सीले एक गोल गरेका थिए ।


Author

थप समाचार
x