फुटबल

बेल्जियमको विजयी सुरुवात

इकागज |
मंसिर ८, २०७९ बिहीबार २:५६ बजे

काठमाडौँ- बेल्जियमले कतारमा जारी फिफा विश्वकप फुटबलमा विजयी सुरुवात गरेको छ । अहमद बिन अलि स्टेडियममा क्यानाडालाई १-० गोल अन्तरले पराजित गर्दै बेल्जियमले सुखद सुरुवात गरेको हो ।

बेल्जियमलाई जित दिलाउन मिसी बात्सुयीले निर्णायक गोल गरे । खेलको ४४ औं मिनेटमा एल्डरवेइरेल्डको पासमा मिसी गोल गरे । 


त्यसअघि क्यानाडा पेनाल्टीमा गोल गर्न असफल रह्यो । खेलको ११ औं मिनेटमा क्यानाडाका अल्फन्सो डाभिसको पेनाल्टी बेल्जियमका गोलकिपर कोर्टुवाले उत्कृष्ट बचाउ गरेका थिए ।

 


Author

थप समाचार
x