फुटबल

फिफा विश्वकपः आयोजक कतार पुनः पराजित

इकागज |
मंसिर ९, २०७९ शुक्रबार २०:४५ बजे

काठमाडौँ- फिफा विश्वकप फुटबल अन्तर्गत आयोजक कतार पुनः पराजित भएको छ । अल थुमामा स्टेडियममा भएको समूह 'ए' अन्तर्गतको खेलमा कतारले सेनेगलसँग पराजय भोगेको हो ।

सेनेगलले कतारलाई ३-१ गोल अन्तरले पाखा लगायो । सेनेगललाई जित दिलाउन बोलाय डिया, फामारा डायधियो र बाम्बा डियङले एक-एक गोल गरे । कतारका लागि एकमात्र गोल मोहम्मद मुन्तारीले गरे ।


यसअघि पहिलो खेलमा कतारले इक्वेडरसँग २-० को पराजय भोगेको थियो । त्यसैगरी सेनेगलले पनि नेदरल्यान्ड्सँग २-० ले पराजित भएको थियो ।

कतारविरुद्ध डियाले ४१ औँ मिनेटमा गोल गर्दै सेनेगललाई अग्रता दिलाए भने डायधियोले ४८ औँ मिनेटमा अग्रता दोब्बर बनाए ।

तर कतारका मुन्तारीले ७८ औँ मिनेटमा सेनेगलको अग्रता कम गरेपनि सेनेगलका डियाङले ८४ औँ मिनेटमा टिमको तेस्रो गोल गरे । 

 


Author

थप समाचार
x