फुटबल

अर्जेन्टिनालाई हराएको साउदी अरेबियाले पोल्यान्डलाई निराश बनाउँला ?

इकागज |
मंसिर १०, २०७९ शनिवार ११:३४ बजे

काठमाडौँ- कतारमा जारी फिफा विश्वकप फुटबल अन्तर्गत आज साउदी अरेबियाले पोल्यान्डको सामना गर्दैछ । समूह 'सी' मा रहेका पोल्यान्ड र साउदी अरेबियाबीचको खेल एजुकेसन सिटी स्टेडियममा नेपाली समय अनुसार साँझ ६:४५ बजेबाट सुरु हुनेछ ।

पोल्यान्डविरुद्ध मैदानमा उत्रदाँ साउदी अरेबियाको मनोबल उच्च रहनेछ किनभने उसले पहिलो खेलमा उपाधि दावेदार अर्जेन्टिनालाई २-१ गोलअन्तरले पराजित गरेको थियो ।


अर्कोतर्फ साउदी अरेबियाबाट सकारात्मक नतिजाको अपेक्षा पनि बढ्दै गएका कारण टिममा दवाव पनि उत्तिकै हुनेछ ।  

अर्कोतर्फ मेक्सिकोसँग पहिलो खेल गोलरहित बराबरी खेलेको पोल्यान्डलाई पनि जितको आवश्यकता छ । नकआउट चरणमा प्रवेशको सम्भावना बलियो बनाउन पोल्यान्डलाई जितको आवश्यकता रहेको छ ।

इतिहास हेर्दा पोल्यान्ड र साउदी अरेबियाबीच चार मैत्रीपूर्ण खेल मात्र भएको छ । जसमा चारवटै खेल पोल्यान्डले जितेको छ । फिफा विश्वकपमा भने पोल्यान्ड र साउदी अरेबिया पहिलो पटक एकअर्काविरुद्ध खेल्दैछन् ।


Author

थप समाचार
x