फुटबल

फिफा विश्वकपः अस्ट्रेलियाको पहिलो जित

इकागज |
मंसिर १०, २०७९ शनिवार १७:४४ बजे

काठमाडौँ- कतारमा जारी फिफा विश्वकप फुटबल अन्तर्गत अस्ट्रेलियाले पहिलो जित हात पारेको छ । अल जानोब स्टेडियममा भएको समूह 'डी' को खेलमा अस्ट्रेलियाले ट्यूनिसियालाई १-० गोल अन्तरले पराजित गर्दै पहिलो जित हात पारेको हो ।

पहिलो खेलमा फ्रान्ससँग ४-१ को पराजय भोगेको फ्रान्सले यस जितसँगै नकआउट चरणमा प्रवेश गर्ने सम्भावना बलियो बनाएको छ ।


ट्यूनिसियाले भने पहिलो खेलमा डेनमार्कसँग गोलरहित बराबरी खेलेको थियो ।

अस्ट्रेलियालाई जित दिलाउन मिचेल ड्यूकले निर्णायक गोल गरे । मिचेलले खेलको २३ औँ मिनेटमा गरेको एकमात्र गोलले अस्ट्रेलियालाई जित दिलाउन पर्‍याप्त रह्यो ।


Author

थप समाचार
x