फुटबल

फिफा विश्वकपः अर्जेन्टिनाको पहिलो जित

इकागज |
मंसिर ११, २०७९ आइतवार २:४८ बजे

काठमाडौँ- कतारमा जारी फिफा विश्वकप फुटबलमा अर्जेन्टिनाले पहिलो जित हात पारेको छ । लुसेल स्टेडियममा भएको समूह 'सी' अन्तर्गतको खेलमा अर्जेन्टिनाले मेक्सिकोलाई २-० ले पराजित गरेको हो ।

यसअघि पहिलो खेलमा अर्जेन्टिनाले साउदी अरेबियासँग २-१ गोलले पराजित भएको थियो । मेक्सिको भने पोल्यान्डसँग गोलरहित बराबरी खेलेको थियो ।


दोस्रो खेलमा अर्जेन्टिनालाई जित दिलाउन कप्तान लियोनल मेस्सी र इन्जो फर्नान्डेजले एक-एक गोल गरे । मेस्सीले ६४ औँ तथा फर्नान्डेजले ८७ औँ मिनेटमा गोल गरे ।

 

 


Author

थप समाचार
x