फुटबल

विश्वकप फुटबल : आज पनि चार खेल हुँदै

इकागज |
मंसिर १४, २०७९ बुधबार ९:१८ बजे

काठमाडौँ - कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत आज पनि समूह चरणका चार खेलहरू हुँदैछन् । जसमा समूह ’सी’ र समूह ’डी’ का दुई/दुई खेल हुनेछन् । 

पहिलो दुई खेलमा समूह ’डि’ मा रहेका ट्युनिसिया र फ्रान्स तथा अष्ट्रेलिया र डेनमार्कबीच प्रतिष्पर्धा हुनेछ । दुवै खेल नेपाली समयअनुसार बेलुका ८:४५ बाट सुरु हुनेछ । 


यस खेलहरूबाट समूह ’डी’ बाट अन्तिम १६ मा पुग्ने १ राष्ट्रको टुङ्गो लाग्नेछ । यस समूहबाट फ्रान्स यसअघि नै नकआउट चरणमा पुगिसकेको छ । 

दोस्रो दुई खेलमा समूह ’सी’ मा रहेका अर्जेन्टिना र पोल्याण्ड तथा साउदी अरब र मेक्सिको बीच खेल हुँदैछ । 

दुवै खेल नेपाली समयअनुसार राति १२ः४५ मा हुनेछ । यस खेलहरूबाट समूह ’सी’ बाट अन्तिम १६ मा पुग्ने २ राष्ट्रको टुङ्गो लाग्नेछ ।
 


Author

थप समाचार
x