फुटबल

फिफा विश्वकपः अर्जेन्टिना, पोल्यान्ड, साउदी र मेक्सिकोको भविष्य छिनोफानो हुँदै

इकागज |
मंसिर १४, २०७९ बुधबार १३:६ बजे

काठमाडौँ- कतारमा जारी फिफा विश्वकप फुटबलमा आज राति समूह 'सी' मा रहेका चार टोलीमध्ये कुन दुई टिम नकआउट चरणमा पुग्ने भन्ने सुनिश्चित हुँदैछ ।

यस समूहको अन्तिम चरणका खेलमा अर्जेन्टिनाले पोल्यान्ड तथा साउदी अरेबियाले मेक्सिकोको सामना गर्दैछन् । दुबै खेल नेपाली समय अनुसार राति १२:४५ बजेबाट सुरु हुनेछ ।


यस समूहबाट चारवटै टिमको अन्तिम १६ मा प्रवेश गर्ने सम्भावना कायमै रहेको छ । तर दुई मध्ये एक खेलमा जित तथा एक खेल बराबरी खेलेको पोल्यान्ड चार अंक सहित शीर्ष स्थान छ ।

यता समान एक खेलमा जित तथा एक खेलमा पराजय भोगेका अर्जेन्टिना तथा साउदी अरेबियाको समान ३-३ अंक भएपनि गोलअन्तरका आधारमा अर्जेन्टिना दोस्रो स्थानमा छ । एक खेलमा बराबरी तथा एक खेलमा पराजय भोग्दै केवल १ अंक जोडेको मेक्सिको भने पुछारमा रहेको छ ।

तर आजको खेलमा पोल्यान्डले अर्जेन्टिनाविरुद्ध जित वा बराबरीको नतिजा ल्याएपनि नकआउटमा प्रवेश गर्नेछ । जबकी अर्जेन्टिनालाई जितको अवश्यकता रहेको छ । अथवा अर्जेन्टिनाले बराबरी खेल साउदी अरेबिया र मेक्सिकोबीचको खेलको नतिजा कुर्नुपर्नेछ ।

त्यसैगरी, साउदी अरेबियाले जित हात पारे अन्तिम १६ मा स्थान सुरक्षित गर्नेछ । बराबरी खेले अर्को खेलको नतिजा कुर्नुपर्नेछ । जबकी मेक्सिकोलाई केवल जितले मात्र पुग्दै उसले पोल्यान्ड र अर्जेन्टिनाबीको नतिजा समेत कुर्नुपर्नेछ ।


Author

थप समाचार
x