फुटबल

फिफा विश्वकपः समूह 'ई' बाट कुन टिम जाला नकआउट चरणमा ?

इकागज |
मंसिर १५, २०७९ बिहिवार १२:५४ बजे

काठमाडौँ- कतारमा जारी फिफा विश्वकप फुटबल अन्तर्गत आज समूह 'ई' बाट नकआउट चरणमा प्रवेश गर्ने दुई टिमको टुंगो लाग्दैछ ।

समूह 'ई' अन्तर्गत अन्तिम चरणको खेलमा आज जापानले स्पेन र जर्मनीले कोस्टा रिकाविरुद्ध खेल्ने तालिका रहेको छ । दुबै खेल नेपाली समय अनुसार राति १२:४५ बजेबाट सुरु हुनेछ ।


यस समूहमा अघिल्ला दुई मध्ये एक खेलमा जित तथा एक खेलमा बराबरीको नतिजा निकालेको स्पेन ४ अंकसहित शीर्ष स्थानमा छ । समान एक जित तथा एक पराजयको नतिजापछि जापान र कोस्टा रिकाले समान ३-३ अंक जोडेका छन् । तर गोल अन्तरको आधारमा जापान भने दोस्रो स्थानमा छ ।

अर्कोतर्फ एक खेलमा बराबरी तथा एक खेलमा पराजय भोगेको जर्मनी भने १ अंकसहित तालिकाको पुछारमा छ ।

आजको खेलमा स्पेनले जापानलाई पराजित गरेको खण्डमा स्पेन समूह विजेताको रुपमा अन्तिम १६ मा प्रवेश गर्नेछ । यदि जापानले जित जापान अन्तिम १६ मा प्रवेश गर्नेछ । यदि खेल बराबरी भए स्पेन अघिल्लो चरणमा प्रवेश गर्दा जापानले भने कोस्टा रिका र जर्मनीबीचको खेलको नतिजा कुर्नुपर्नेछ ।

अर्कोतर्फ कोस्टा रिकाले जर्मनीलाई पराजित गरे कोस्टा रिका नकआउट चरणमा प्रवेश गर्नेछ । यदि जर्मनीले जित हात पारे जापान र स्पेनबीच हुने खेलको नतिजा कुर्नुपर्नेछ । यदि कोस्टा रिका र जर्मनीको खेल बराबरी भए जर्मनी प्रतियोगिताबाट बाहिरिने छ भने कोस्टा रिकाले अर्को खेलको नतिजा कुर्नुपर्ने हुन्छ ।


Author

थप समाचार
x