फुटबल

फिफा विश्वकपः मोरक्को र क्रोयसिया अन्तिम १६ मा

इकागज |
मंसिर १५, २०७९ बिहिवार २२:४१ बजे

काठमाडौँ- मोरक्को र क्रोयसियाले कतारमा जारी फिफा विश्वकप फुटबलको नकआउट चरणमा स्थान सुरक्षित गरेका छन् । समूह 'एफ' बाट मोरक्को र क्रोयसिया अन्तिम १६ मा प्रवेश गरेका हुन् ।

समूह चरणको अन्तिम खेलमा मोरक्कोले क्यानाडालाई २-१ गोलअन्तरले पराजित गर्दै समूह विजेताको रुपमा अघिल्लो चरणमा प्रवेश गर्‍यो । मोरक्कोलाई जित दिलाउन हाकिम जियचले खेलको चौथों तथा युसेफ इन-नेसरीले २३ औँ मिनेटमा एक-एक गोल गरे ।


यता मोरक्कोका नायफ अगुएर्डले ४० औँ मिनेटमा आत्मघाती गोल गरेपछि क्यानाडाले एक गोल फर्काएको थियो । जारी विश्वकपमा नायफले गरेको गोल नै पहिलो आत्मघाती गोल हो ।

मोरक्कोले समग्रमा ३ मध्ये २ मा जित तथा एक खेलमा बराबरीको नतिजा निकाल्यो । मोरक्कोले ७ अंक जोड्यो । क्यानाडा अंक बिहिन रह्यो ।

यता क्रोयसियाले बेल्जियमसँग गोलरहित बराबरी खेलेपछि समूहको उपविजेता बन्यो । क्रोयसियाले एक जित तथा २ बराबरीसहित ५ अंक जोड्यो ।

क्रोयसियासँग बराबरी खेलेपछि बेल्जियम भने प्रतियोगिताबाट बाहिरियो । बेल्जियमले एक जित, एक बराबरी तथा एक पराजयसँगै ४ अंक जोड्यो ।


Author

थप समाचार
x