फुटबल

फिफा विश्वकपः स्पेनलाई हराउँदै जापान नकआउट चरणमा

इकागज |
मंसिर १६, २०७९ शुक्रवार २:४१ बजे

काठमाडौँ- स्पेनलाई पराजित गर्दै जापान कतारमा जारी फिफा विश्वकप फुटबलको अन्तिम १६ मा प्रवेश गरेको छ । समूह 'ई' को अन्तिम खेलमा जापानले स्पेनलाई २-१ ले पराजित गर्‍यो ।

एक पटकको विजेता स्पेनलाई पराजित गर्न जापानका लागि रित्सु डोआनले ४८ औँ मिनेट तथा एओ टानाकाले ५१ औँ मिनेटमा एक-एक गोल गरे । स्पेनका लागि अल्भारो मोराटाले ११ औँ मिनेटमा एक गोल गरे ।


स्पेनलाई पराजित गरेपछि ३ मध्ये २ खेलमा जित हात पारेको तथा एक खेलमा हार बेहोरेको जापानले ६ अंक जोड्यो । जापान समूह विजेता बन्यो ।

यता जापानसँग पराजित भएपनि स्पेन भने समूहको उपविजेताको रुपमा अन्तिम १६ मा प्रवेश गर्‍यो । यसै समूहको अर्को खेलमा जर्मनीले कोस्टा रिकालाई ४-२ गोलले पराजित गरेपनि स्पेन अघिल्लो चरणमा प्रवेश गरेको हो ।

स्पेन र जर्मनीको समान ३ खेलबाट समान ४-४ अंक जोडेपनि गोलअन्तरका आधारमा स्पेन अघि बढेको हो ।

जर्मनीलाई कोस्टा रिकाविरुद्ध जित दिलाउन काई हाभर्जले २ तथा सर्जे नाब्री र निकलस फल्किङले एक-एक गोल गरे । कोस्टा रिकाका लागि यल्टसिन टेजेडा र जुआन पाब्लो भार्गसले एक-एक गोल गरे ।   

जर्मनीसँगै कोस्टा रिका पनि विश्वकपबाट बाहिरियो । कोस्टा रिकाले ३ खेलबाट केवल ३ अंक जोड्यो ।


Author

थप समाचार
x