फुटबल

विश्वकप २०२२

के हो स्पेनविरुद्ध जापानले गरेको दोस्रो गोलको वास्तविकता ?

इकागज |
मंसिर १६, २०७९ शुक्रवार ११:५५ बजे

काठमाडौँ- कतारमा जारी फिफा विश्वकप फुटबल अन्तर्गत समूह ‘ई’ को अन्तिम खेलमा जापानले स्पेनलाई २-१ ले पराजित गर्दै नकआउट चरणमा प्रवेश गर्‍यो । तर जापानले स्पेनविरुद्ध गरेको दोस्रो गोल भने विवादित बनेको थियो ।

एओ टानाकाले ५१ औँ मिनेटमा गरेको गोललाई भिडियो असिस्टेन्ट रेफ्री (भिएआर) ले मान्यता दिएपछि जापानले जित सुनिश्चित गरेको थियो ।


गोल हुनुअघि काओरु मिटोमाले बललाई क्रस गर्दा बलले बाइलाइन नाघेको देखिएको थियो । सुरुवाती अवस्थामा भिडियोमा पनि बलले बाइलाइन नाघेको देखाएको बीबीसीले जनाएको छ । खुल्ला आँखाले पनि बलले बाइलाइन नाघेको देखिन्छ ।

जसका कारण सहायक रेफ्रीले उक्त गोललाई मान्यता दिएको थिएन । तर भिएआरले भने गोललाई मान्यता दियो । यो गोलले मान्यता पाएसँगै जापान अर्को चरणमा गयाे भने यही गोलका कारण जर्मनी दोस्रो पटक समूह चरणबाटै घर फर्कन बाध्य भयो । जापान ग्रुप एफकाे विजेता बन्दै समूह चरण पार गर्न सफल भयो । नकआउट चरणमा अब जापानले क्रोएसियाको सामना गर्नेछ । 


Author

थप समाचार
x