फुटबल

फिफा विश्वकपः स्विट्जरल्याण्ड पनि नकआउट चरणमा, ब्राजिल पराजित

इकागज |
मंसिर १७, २०७९ शनिबार २:४६ बजे

काठमाडौँ- स्विट्जरल्याण्डले कतारमा जारी फिफा विश्वकप फुटबलको अन्तिम १६ मा स्थान पक्का गरेको छ । समूह 'जी' बाट उपविजेता बन्दै स्विट्जरल्याण्ड नकआउट चरणमा प्रवेश गरेको हो ।

स्विट्जरल्याण्डले समूह चरणको अन्तिम खेलमा सर्बियालाई ३-२ ले पराजित गर्दै ६ अंक सहित अघिल्लो चरणमा प्रवेश गर्‍यो ।


स्विट्जरल्याण्डलाई जित दिलाउन जेर्डन सागिरीले २० औँ, ब्रिल इम्बोलोले ४४ औँ तथा रेमो फ्रेउलरले ४८ औँ मिनेटमा एक-एक गोल गरे ।

सर्बियाका लागि अलेक्जान्डर मित्रोभिकले २६ औँ र डुसान भ्लाहोभिकले ३५ औँ मिनेटमा गोल फर्काए । सर्बिया एक अंक मात्रै जोड्दै प्रतियोगिताबाट बाहिरियो ।

अर्को खेलमा क्यामरुनले ब्राजिललाई १-० ले पराजित गरेर ४ अंक जोडेपनि प्रतियोगिताबाट बाहिरियो । ब्राजिलले भने अघिल्ला दुई खेलमा जित हात पारेर यस अघि नै नकआउटमा स्थान बनाइसकेको थियो ।

तर क्यामरुनसँग पराजित भएपनि ६ अंक जोडेको ब्राजिल गोलअन्तरका आधारमा समूह विजेता बन्यो ।

ब्राजिलविरुद्ध क्यामरुनलाई जित दिलाउन भिनसेन्ट अबोबाकारले दोस्रो हाफको इन्जुरी समयमा गोल गरे । उनी पछि रातो कार्ड खादै बाहिरिएका थिए ।


Author

थप समाचार
x