फुटबल

फिफा विश्वकपः नकआउट चरणका दुई खेल हुँदै

इकागज |
मंसिर १७, २०७९ शनिबार १२:३ बजे

काठमाडौँ- कतारमा जारी फिफा विश्वकप फुटबल अन्तर्गत आजबाट नकआउट चरणका खेलहरु हुँदैछन् । अन्तिम १६ को पहिलो खेल नेदरल्यान्ड्स र अमेरिकाबीच हुने भएको छ । 

अमेरिका र नेदरल्यान्ड्सबीचको खेल खलिफा इन्टरनेसनल स्टेडियममा नेपाली समय अनुसार राति ८:४५ बजेबाट सुरु हुनेछ ।


नेदरल्यान्ड्स समूह ‘ए’ को विजेताको रुपमा अन्तिम १६ मा प्रवेश गरेको हो । उसले ३ मध्ये २ खेलमा जित हात पारेको थियो भने १ खेलमा बराबरीको नतिजा निकालेको थियो ।

यता अमेरिका भने समूह ‘बी’ को उपविजेता टोली हो । अमेरिकाले ३ मध्ये १ खेलमा जित तथा २ खेलमा बराबरीको नतिजा निकालेको थियो ।

अर्को खेलमा भने अर्जेन्टिना र अस्ट्रेलियाबीच प्रतिस्पर्धा हुने भएको छ । अर्जेन्टिना र अस्ट्रेलियाबीचको खेल अहमद बिन अली स्टेडियममा नेपाली समय अनुसार राति १२:४५ बजेबाट सुरु हुनेछ ।

अर्जेन्टिना समूह ‘सी’ को विजेता टोली हो । अर्जेन्टिनाले २ खेलमा जित हात पार्दै ६ अंक जोडेको थियो । यता अस्ट्रेलिया भने उपविजेता टिम हो । अस्ट्रेलियाले पनि दुई खेलमा जित हात पारेको थियो ।


Author

थप समाचार
x